२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमाले सचिवालय बैठक शुरुः महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी चुनावमा उम्मेदवार नबन्ने गाईलाई चिकेन मोमो खुवाएपछि युट्युबर कुटिए साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली कुन दिशामा टाउको पारेर सुत्नु शुभ हुन्छ ? एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते



अ+ अ-

तानसेन । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।