१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

नेजाको अधिवेशनमा सहयोग गर्न न्यूयोर्कको समुदाय तत्पर

नेजाको अधिवेशनमा सहयोग गर्न न्यूयोर्कको समुदाय तत्पर
अ अ+ अ-

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साँतौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी तिव्र पारिएको छ । आउँदो मे महिनाको २ र ३ तारिखमा हुन लागेको अधिवेशन लक्षित व्यवस्थापनका कार्यहरु अघि बढाइएको छ । विभिन्न कार्य प्रयोजनका लागि बनाइएका उपसमितिहरुले समेत आफ्नो क्षेत्र अन्तर्गतका कार्यहरु अघि बढाएका छन् । न्यूयोर्कमा हुन लागेको अधिवेशनका सन्दर्भमा न्यूयोर्क आसपासका क्षेत्रमा कार्यरत पत्रकारहरु समेत हर्षित भएका छन् । पत्रकार मात्र होइन न्यूयोर्कको नेपाली समुदायले समेत नेपाली पत्रकारहरुको भेलामा सहकार्यको हात अघि बढाउने जनाएको छ ।

यसै क्रममा साँतौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायका अभियन्ताहरुसँग नेजाले छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाइर् सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुनेछ । नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली समुदायसाग सुमधुर सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरकरफरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यस पटक न्यूयोर्कमा गर्ने तय गरिएको हो ।

न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान र बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गर्न आग्रह गरे । यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्ज्नििया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उहााले जानकारी गराए ।साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए ।

नेजाका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार आङछिरिङ शेर्पाले लामो समयपछि न्यूयोर्कमा हुन लागेको पत्रकारको भेलामा सहयोग गर्न पाउनु सुमदायका लागि पनि एउटा अवसर भएको बताए । अधिवेशनको तयारीका लागि न्यूयोर्क र आसपासका पत्रकारहरुको सहभागीतामा बिभिन्न उपसमिति बनाइएको छ । उपसमिति मार्फत तयारीको काम तिब्र पारिएको मुल आयोजक समितिकी संयोजक तथा नेजा उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले पत्रकारको संस्थालाई अधिवेसन सम्पन्न गर्नका लागि आफूहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिबेशनका लागि शुभकामना, बिज्ञापन प्रकाशन लगायत के कसरी सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गर्न पनि समुदायलाई अनुरोध गरिएको छ । अन्तरक्रियामा नेजाका तर्फवाट महासचिव किरण मरहठ्ठा, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङले पनि अधिवेशनका सन्दर्भमा धारणा राखेका थिए ।

कार्यक्रममा समुदायको तर्फबाट बी आर लामा, आनन्द बिष्ट, सञ्जय थापा, बिश्व शाह, लोक चेम्जोङ, लुइसाङ वाइबा, रामहरी अधिकारी, रोशन ढुगाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, शमीर महर्जन, अन्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, बिष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नबीन शेरचन, अमित शाह, अभय ढुंगेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्द्र हमाल, बिनोद चापागाई, कृष्ण आचार्या, सूर्य लम्साल लगायत सहभागिता रहेको थियो । अमेरिकामै रहेर बिभिन्न माध्यमले पत्रकारितामा आवद्ध रहेका न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युह्यामसायर, टेक्सस लगायतका पत्रकारको उलेख्य सहभागिता रहेको थियो ।