२५ मंसिर २०८२, बिहीबार
,
Latest
कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं: मन्त्री कुलमान घिसिङ स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै



अ+ अ-

बेइजिङ। विश्व बैङ्कले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०.४ प्रतिशत अङ्कले बढाएको छ।

प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन्।

विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ।

विश्व बैङ्कका चीन, मङ्गोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भन्नुभयो,“आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ।

छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ।” (रासस/सिन्ह्वा)