१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै



अ+ अ-

बेइजिङ। विश्व बैङ्कले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०.४ प्रतिशत अङ्कले बढाएको छ।

प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन्।

विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ।

विश्व बैङ्कका चीन, मङ्गोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भन्नुभयो,“आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ।

छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ।” (रासस/सिन्ह्वा)