२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाउनुभएको छ ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गर्नुभयो । उहाँले जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको समेत बताउनु भयो । वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उहाँको आरोप छ । उहाँले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गर्नुभयो । उहाँले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानूनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरुले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु न त विरोध गरेर सक्किएको छु । उनीहरु चाँही सक्कियो भन्ने ठान्छन् । सुशीला कार्कीजीहरुले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो । त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन असंवैधानिक पनि हो । उहाँलाई निर्वाचन गर्न पो नियुक्त गरिएको हो । कुन प्रतिष्ठान मास्ने के गर्ने ? भनेर होइन । उहाँहरुलाई यत्ति भन्न चाहान्छु कि– फागुन २१ गतेपछि फागुन २२ आउँछ । सुशीलाजीमा गएर टक्क समय रोकिने होइन । त्यही भएर होस् गरेर चल्न म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । उहाँहरुको क्रियाकलाप गैरकानूनी र प्रतिशोधपूर्ण छ । त्यसकारण त्यो सम्झौताका दफाहरुमा पस्नुपर्ने जरुरी नै छैन ।’

उहाँले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै जे–नजी नेताहरुलाई प्रश्न गर्नुभयो ।