१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

केही समयअघि जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नुभएको हो ।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभयो । उहाँले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेर्नुभएको थियो । संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गर्नुभएको छ । जेन–जी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिनुभएको छैन । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गर्नुभएको थियो ।