१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

मन्त्री नेम्वाङका सय दिन : सडकका खलडाखुल्डी पुर्नेमै बित्यो

मन्त्री नेम्वाङका सय दिन  : सडकका खलडाखुल्डी पुर्नेमै बित्यो
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवशरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खलडाखुल्डी पुर्ने कार्य भएको उहाँले बताउनुभयो । यो सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उहाँले बताउनुभयो । एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताउनुभयो । हिउँदको भएकाले उल्लेखनिय मात्रामा कालोपत्रेको काम हुन नसकेपति प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । अल्पकालिन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडी बढाइएको उहाँले बताउनुभयो । सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ती भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहको प्रकृया सुरु भएको उहाँले बताउनुभयो । मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उहाँले बताउनुभयो । चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआरु तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको छ । सुर्यविनायक-धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समुन्वय भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा ल्याएको छ । बाँकी ६ वटा चोकहरुमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना मान्त्रालयले अघि सारेको छ । त्यसैगरी पैदलयात्रुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको छ । बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रकृयामा रहेको छ । यसैगरी चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत कलंकी-महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरु अन्तिम चरणमा पुगेको छ । चक्रपथको तिनकुने-एयरपोर्ट-तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डिपिआएर तयार भएको छ । मन्त्रालयले राष्ट्रिय गौरबका आयोजना निर्माणका कामलाई पनि तिव्रता दिएको जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । ५ वटा पुल निर्माण भएका छन् । कालिगण्डकी कोरिडोरमा ३३ किलोमिटर ग्रावेल सम्पन्न भएको छ । ३ वटा पुलहरुको निर्माण पनि सकिएको छ । कर्णाली राजमार्गमा ५ दशमलव ६ किलोमिटर ट्रयाक खोलिएको छ ।

मन्त्रालयले मदनभण्डारी राजमार्थ अन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको छ । ११ वटा पुलहरु निर्माण भएका छन् । सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ । मन्त्रालय अन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पूजिगततर्फको वित्तिय प्रगति रहेको छ।