५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको ब्राइटनले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राइटनले टोटेनहमलाई ३-२ गोलले पराजित गरेको हो । दुई गोलले पछि परेको ब्राइटनले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २३ औं मिनेटमा ब्रेनन जोनसोनले र ३७ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ब्राइटन खेलमा फर्कियो । ४८ औं मिनेटमा यान्कुवा मिन्टेले, ५८ औं मिनेटमा जर्जिनिओ रुटेरले र ६६ औं मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

यो नतिजापछि ब्राइटन ७ खेलबाट १२ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । टोटेनहम १० अंकका साथ तालिकाको नवौं स्थानमा छ ।