२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपालाई भोटहाल्ने मतदाता दुःखी भएका छन् : पन्त



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताउनुभएको छ ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले नेकपाभित्र जे-जस्तो कुरा देखा पर्यो । त्यो दुःखद हो । त्यसले नेकपालाई भोटहाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन, समृद्धि र सुशासनको अपेक्षा गरिरहेका नेपाली जनता, पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ ।’ उहाँले प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो । शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पन्तले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको बताउनुभएको छ । निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा लोकतान्त्रिक दृष्टिकोणले उपयुक्त नभएको उहाँले बताउनुभयो । ‘राष्ट्रियसभा भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका, विश्लेषकहरु, पार्टीभन्दा बाहिर रहेका वा भित्रका विचारकहरुलाई पठाउने कुरा हो । प्रतिनिधिसभामा गल्ति भएका विधेयकहरु राष्ट्रियसभामा सच्याउन सकियोस भन्ने आशय हो । त्यसैले निर्वाचन हारेका, स्थानीय निर्वाचन हारेका राष्ट्रियसभामा पठाउने कुरा लोकतान्त्रिक ढंगले ठिक थिएन् ।’

उहाँले संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको बताउनुभयो । संविधान संशोधनको बहस र विवाद बाहिर आएपनि अहिले पार्टीको एजेण्डाबाट हटिसकेको उहाँले बताउनुभयो । ‘कुनैपनि राजनीतिक दलले ठिक एजेण्डा, ठिक समयमा, ठिक ढंगले अगाडी सार्नुपथ्र्यो त्यो संविधान संशोधनको एजेडा बेठिक समयमा, बेठिक ढंगले बेठिक कुरालाई लिएर सारिएको थियो । त्यसैले यो अहिले जनता र पार्टीको आवश्यकता थिएन् ।’

संविधान कार्यान्वयनको चरणमा रहेकाले अझै ८, १० वर्षसम्म संशोधनको एजेण्डा नेकपाले संसदमा लान नहुने उहाँको धारणा थियो ।