६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने, कस्तो छ तयारी ?

बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने, कस्तो छ तयारी ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले फागुन १५ गते पार्टीको वाग्मती प्रदेशको प्रशिक्षण कार्यक्रममा भनेका थिए– ‘म केही दिनमै मिर्गौला प्रत्यारोपण गर्दै छु। पाँच दिन अस्पताल बस्छु। छैटौं दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु।’ उनले त्यसको तीन दिनमै प्रत्यारोपणको मिति अप्रत्याशित रूपमा तय गरेका छन्। ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको छ। उनी सोमबार अस्पताल भर्ना हुँदै छन्। त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

‘उहाँ स्वस्थ हुनुहुन्छ। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएको छ’, उनले भने। प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा, रगतको जाँच गरिएको थियो। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकसँग छलफल भएको थियो। पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो। त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्यासिंह शाहले प्रत्यारोपणको संयोजन गरिरहेकी छन्। प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा. शाह स्वदेशी एवं विदेशी चिकित्सकसँग परामर्शमा छिन्।

ओलीको स्वास्थ्य रिपोर्ट आइतबार बालुवाटार पठाइएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले बताए। ‘सबै रिपोर्ट आजै (आइतबार) पठाइएको छ। प्रत्यारोपण गर्न सकिने अवस्था छ’, उनले भने। उनका अनुसार प्रत्यारोपणमा विदेशी चिकित्सकसमेत संलग्न हुने सम्भावना छ। ‘विदेशी विज्ञ पनि ल्याउने सम्बन्धमा डा. दिव्यासिंह शाहले नै समन्वय गर्नुभएको छ’, उनले भने।

छैन विशेष तयारी: त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गालाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने विषयमा औपचारिक जानकारी छैन। यसबारे मिडियाबाट थाहा पाएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीज्यूले मिर्गौला प्रत्यारोपणको तयारीबारे पार्टीमा जानकारी गराउनुभएको रहेछ’, निर्देशक डा. खड्गाले भने, ‘त्यहाँबाट मिडियालाई जानकारी दिएपछि मैले थाहा पाएको हुँ।’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दा चिकित्सकको टिम तयार पार्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्री कार्यालय र परिवारका सदस्य कसैले पनि अस्पतालमा भर्ना हुनेबारे केही जानकारी दिनुभएको छैन’, उनले भने, ‘औपचारिक ढंगले लिखित वा मौखिक रूपमा केही बताइएको छैन, गाइँगुइँ हल्ला सुनेको हुँ।’

अस्पताल तयारी अवस्थामा भने रहेको उनले सुनाए। हरेक बुधबार प्रत्यारोपण गरिँदै आएकाले प्रधानमन्त्रीका लागि विशेष तयारी नगरिएको उनको भनाइ छ। ‘हामीले हरेक साता प्रत्यारोपण गरिरहेका हुन्छौं’, उनले भने, ‘विशेष तयारी गर्नै पर्दैन।’

कसरी बढ्यो आँट ?

‘हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण आवश्यक परेमा नेपालमै गर्न दृढ हुनुहुन्छ।’ वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीले गत मंसिर ३ मा फेसबुकमा लेखेका थिए। त्यहीअनुरूप प्रधानमन्त्री ओली स्वदेशमै प्रत्यारोपण गर्न तयार देखिएका छन्। भारतमा मिर्गौला प्रत्यारोपणपछि उनी अन्य उपचारका लागि सिंगापुर जाने गरेका थिए। चिकित्सकले उनको दोस्रो पटकको प्रत्यारोपण स्वदेशमै गर्ने आँट देखाएका छन्। ७ सयभन्दा बढी सफल प्रत्यारोपण गरिएकाले आँट आएको निर्देशक डा. खड्गाको भनाइ छ। ‘हरेक बुधबारलाई मिर्गौला प्रत्यारोपण डेका रूपमा लिएका छौं। त्यही भएर प्रधानमन्त्रीज्यूको प्रत्यारोपण पनि बुधबार गर्ने निर्णय गरिएको हुन सक्छ’, उनले भने।

प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहन्छ। नेफ्रोलोजी विभाग प्रमुखमा डा. शाह छिन्। उनको टिममा डा. महेश सिग्देल, डा. मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्राडा. उत्तम शर्मा, डा. ज्ञवाली, भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।नेफ्रोलोजी र युरोलोजीको समन्वयमा प्रत्यारोपण हुँदै आएको निर्देशक डा. खड्गाले बताए। ‘नेफ्रोलोजी विभागका चिकित्सकले तारतम्य मिलाइदिन्छन्। त्यसपछि युरोलोजी विभागका चिकित्सकले शल्यक्रिया गर्छन्’, उनले भने। सुरुआतका बेला प्रत्यारोपणका लागि विदेशी चिकित्सक आए पनि पछिल्लो समय बोलाइएको छैन।

त्रिवि शिक्षणमा गरिएको प्रत्यारोपण ९८.७ प्रतिशतभन्दा बढी सफल रहेको जनाइएको छ। एकै व्यक्तिको मिर्गौला प्रत्यारोपण धेरै पटक गरेको अनुभव चिकित्सकसँग छ। दोस्रो पटक प्रत्यारोपण गरेका व्यक्ति १० भन्दा बढी रहेको अस्पतालले जनाएको छ। उनीहरूको मिर्गौलाले सफल रूपमा काम गरिरहेको जनाइएको छ। डा. शाह र डा. ज्ञवाली संलग्न टिमले ग्रान्डीमा पनि प्रत्यारोपण गरेको छ। ग्रान्डीका मेडिकल निर्देशक डा. पाण्डेका अनुसार त्यहाँ ५७ जनाको प्रत्यारोपण गरिएको छ। ‘अन्यत्र प्रत्यारोपण गर्दा विफल भएका घटना पनि यहाँ सफल भएका उदाहरण छन्’, उनले भने। विभिन्न सरकारी एवं निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ। १ हजार ५ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको तथ्यांक छ। अन्नपुर्णपोष्ट दैनिक