१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

राजदूत पौडेलको फिर्ती : ओली–प्रचण्ड झगडाको पछिल्लो प्रमाण

राजदूत पौडेलको फिर्ती : ओली–प्रचण्ड झगडाको पछिल्लो प्रमाण
अ अ+ अ-

काठमाडौँ — सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको बताइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सो बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको र सो पदमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय पनि गरेको विश्वस्त समाचार स्रोतले जानकारी दिएको छ । यद्यपि सरकारले औपचारिक रुपमा यो जानकारी गराएको भने छैन ।

एकजना मन्त्रीले पौडेललाई फिर्ता बोलाउनु पर्नाको कारणको बारेमा बैठकमा कुनै छलफल नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकमा किन फिर्ता बोलाइएको हो भन्ने बारेमा कुनै छलफल भएन उनले भने । तर बालुवाटार स्रोत भन्छ– ‘प्रधानमन्त्री केपी ओलीले उनलाई फिर्ता बोलाउनुपर्नाको कारणको बारेमा मन्त्रिपरिषदमा छलफल गर्न चाहेका थिएनन् । त्यसैले अकस्मात उनको फिर्तीको प्रस्ताव गयो, मन्त्रीहरु कोही बोलेनन् र परराष्टमन्त्री ज्ञवालीले नयाँ राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम प्रस्ताव गरे । त्यसमा पनि कोही बोलेनन् । प्रधानमन्त्री पनि मौन बस्नुभयो, सो प्रस्ताव पारित भए सरह नै भयो ।’

समाचारमा आएअनुसार पौडेले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विवादमा तानिएका थिए । उनलाई सो विषयमा अख्तियारले बयान पनि लिएको थियो । ती मन्त्रीले उनलाई फिर्ता बोलाउने कारण त्यो पनि हुनसक्ने बताए । तर कारण त्यतिमा मात्र सीमित थिएन, छैन । हुनत मन्त्रिपरिषदमा राजदूतको नियुक्ति या फिर्तीको प्रस्ताव परराष्ट्र मन्त्रीले नै ल्याउने हो । तर पनि आइतबार साँझको प्रस्तावको प्रस्तुति बडो नाटकीय जस्तो लागेको ती मन्त्री बताउँछन् । पौडेलेको फिर्तीको प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए भने नयाँ राजदूतको नियुक्तिको भने परराष्ट्र मन्त्री ज्ञवालीले । मन्त्रिपरिषद बैठक सकिनै लाग्दा यी दुवै प्रस्ताव अकस्मात आए अनि मौनतामै दुवै पास भए ।

पौडेलको कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला आएको उनको यो फिर्तीको विषय भने मन्त्रिपरिषदमा आएजस्तो हल्का र मौनतामा सकिएजस्तो छैन । यो प्रकरणको लहरो नेकपाका दुवै अध्यक्षसँग जोडिएको छ । ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा केही राजदूतको सिफारिश गरेका थिए र त्यसमा पाण्डे पनि थिए । तर लगत्तै सरकार ढल्यो र प्रचण्ड प्रधानमन्त्री भए । त्यसपछि ओली सरकारले गरेका छ जना राजदूतलाई नै खारेज गरिदिएको थियो । त्यसपछि प्रचण्ड सरकारले गरेको सिफारिशमा पौडेल चीन पठाइएका थिए ।

तर त्यत्तिमात्रको रिसमा अहिले ओलीले प्रचण्डको सिफारिशका पौडेललाई फिर्ता बोलाएका होइनन् । प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएर चीन गएको समयमा पौडेलले गरेको आयोजनाबाट उनी सन्तुष्ट थिएनन् । उनले चीन गर्ने गर्ने भनेका कतिपय सम्झौताका लागि पनि वातावरण निर्माण गर्न सकेका थिएनन् । उनले ओलीको भ्रमणका समयमा गर्नुपर्ने आवश्यक तयारी पनि राम्रोसँग गर्न नसकेकोमा ओली असन्तुष्ट थिए । प्रधानमन्त्री ओलीलाई बेइजिङमा रहेका ठूलो संख्याका नेपालीले पौडेलको बारेमा निकै गुनासो गरेका थिए । पौडेलले आफ्नै काम गरेर बस्ने, तर चीनमा रहेका नेपालीलाई आवश्यक समय पनि नदिने र बेवास्ता गर्ने गरेका थिए ।

चीनका रहेका नेपालीले राजदूत पौडेलले आफ्ना छोराको ट्राभल एजेन्सीको काममात्र राजदूत पौडेलले गर्ने भनेर प्रधानमन्त्रीसँग व्यापक गुनासो पनि गर्ने गरेका थिए । त्यसपछि नेपाल आएका प्रधानमन्त्रीले उनलाई फिर्ता बोलाउन तयारी गरेको भए पनि प्रचण्डले आफ्ना पालमा राजदूत नियुक्त भएकोले फिर्ता नबोलाउन दबाब दिएका थिए । त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका समयमा पनि राजदूता पौडेलका कारण फितलो कार्यक्रम हुन पुगेको परराष्ट्रकै अधिकारीहरु बताउँछन् । यस विषयमा राष्ट्रपति भण्डारीले पनि नेपालमा आएर गुनासो गरेकी थिइन् ।

पछिल्लो समय उनी ललिता निवास प्रकरणमा मुछिएका थिए । त्यस समय पनि प्रधानमन्त्री ओलीले उनलाई फिर्ता बोलाउन लागेका थिए । त्यस समय प्रचण्डले अब केही समय मात्र म्याद बाँकी रहेका राजदूतलाई फिर्ता बोलाउँदा राम्रो नहुने जवाफ ओलीलाई दिएका थिए । उक्त प्रकरणमा राजदूतसँग अख्तियारले बयान लिनुपर्ने भयो, लियो । तर त्यस बयानका लागि पनि पौडेलले आफै नेपाल नआएर लिखित रुपमा इमेलबाट लिएको थियो । त्यसका लागि पनि पौडेलले आफै उपस्थित नभएर लिखित बयानको तारतम्य मिलाएका र त्यो पनि प्रचण्डको बलमा प्रहरीलाई भनसुन गरी मिलाएका थिए । उनको यो कार्यप्रति पनि प्रधानमन्त्री ओली खुशी थिएनन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली र प्रचण्डबीचको झगडा बाहिरै आएको छ । यही मौका पारेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई नसोधी नै यो निर्णय गरेका छन् । बालुवाटार स्रोत भन्छ– यसपटक प्रधानमन्त्रीले यस विषयमा प्रचण्डसँग सल्लाह गर्न चाहनुभएन, उनलाई आफै फिर्ता बोलाउनुभयो । यसबाट दुई अध्यक्षको झगडा कुन स्तरसम्म पुगेको छ भन्ने कुरा थाहा हुने स्रोत बताउँछ । यसबाट प्रधानमन्त्री ओलीले प्रचण्डसँगको असहमतिको जवाफ राम्रैसँग दिन खोज्नुभएको छ ।

अर्काे कारण के पनि थियो भने परराष्ट्र मन्त्रालयका कुनै पनि कर्मचारी राजदूत पौडेलप्रति खुशी थिएनन् । उनले आफूलाई मन्त्री सरहको राजदूत भन्थे र परराष्ट्र सचिवभन्द आफू माथि भएको बताउँथे । यसकारण पनि परराष्ट्र सचिव शंकरदाश बैरागी राजदूत पौडेललाई कार्यकाल सकिन एकदिन मात्र बाँकी रहेको अवस्था भए पनि बोलाउने मुडमा थिए । कुनै कुनै पनि देशबाट राजदूत नेपाल आएपछि सबैभन्दा पहिला परराष्ट्र सचिवलाई ब्रिफिङ गर्नुपर्नेमा पौडेल त्यसो गर्दैनथे, उनी सिधै मन्त्रीसँग जान्थे । आफू मन्त्रीस्तरको राजदूत भएकोले सचिवलाई ब्रिफिङ गर्नु नपर्ने उनको घमण्ड थियो, जुनकुरा परराष्ट्र मन्त्रालयका कुनै पनि कर्मचारीलाई मन पर्दैनथ्यो ।