२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो नेपालप्रति कटाक्ष गर्दै महासचिव पोखरेल: जसको योजना उसलाई श्रेय दिने कहिले ?



अ+ अ-

काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गर्नुभएको छ । विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गर्नुभएको हो ।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सार्नभएको थियो । उहाँले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिनुभएको थियो ।

२०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिक देखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो । यो कामको जस तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले लिने गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो । तर उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ताचाँही ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज विहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाउनुभएको हो ।