१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो नेपालप्रति कटाक्ष गर्दै महासचिव पोखरेल: जसको योजना उसलाई श्रेय दिने कहिले ?



अ+ अ-

काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गर्नुभएको छ । विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गर्नुभएको हो ।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सार्नभएको थियो । उहाँले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिनुभएको थियो ।

२०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिक देखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो । यो कामको जस तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले लिने गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो । तर उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ताचाँही ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज विहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाउनुभएको हो ।