२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन



अ+ अ-

म्याग्दी। प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा करिब एक महिनापछि सञ्चालन भएको छ ।

प्रदेश सरकारले खटाएका शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरीको पनि शल्यक्रिया सेवा दिनसक्ने एमजिडिपी डाक्टर मङ्गलबार अस्पतालमा हाजिर भएसँगै सेवा सञ्चालन भएको हो ।

विशेषज्ञ चिकित्सक अभावमा कात्तिक १५ गतेदेखि शल्यक्रियामार्फत गरिने प्रसूति तथा मङ्सिर १ गतेदेखि ‘हाइड्रोसिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवा बन्द भएको थियो ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले धौलागिरि अस्पताल बागलुङबाट नवाँै तहका डा हेमन्त बास्तोलालाई मङ्सिर १० गते बेनीमा सरुवा गरेको थियो । एमजिडिपी डाक्टर आएपछि बन्द भएका शल्यक्रियासम्बन्धी सेवा सञ्चालन भएको प्रदेश अस्पताल बेनीका निमित्त प्रमुख समीर भण्डारीले बताउनुभयो ।

सर्जरी र शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको थियो । बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् ।

गत भदौ महिनादेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् ।

म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले कात्तिक अन्तिम साता बसेको प्रदेशसभाको बैठकमा शून्य समयमा प्रदेश अस्पतालको विकास समिति र प्रदेश अस्पताल बेनीको प्रशासनिक नेतृत्व नहुँदा देखिएका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् ।

वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माणले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौती बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो ।




भर्खरै