१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

नुवाकोट। ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ ।

मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो ।

आज बिहानैदेखि साँझ ५ बजेसम्म १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान छ । भोलि पूर्णिमाका दिन यो सङ्ख्या अझै धेरै हुने दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

मेलामा विशेषगरी बाँस र निगालोका चोयाबाट बनाइएका धुन्से, डोका, भकारी, नाङ्लोलगायत हस्तकलाका सामग्रीको कारोबार हुने स्थानीय राजकुमार श्रेष्ठको भनाइ छ ।

गाईभैंसीलाई धुवाउने परम्परागत धुपी र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको धानको चामलसहित अन्य कृषिउपजको व्यापार मेलाको मुख्य आकर्षण मानिन्छ । रासस