१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार विरूद्वको कारवाही रोकिदैन- प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ।  प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताउनुभएको छ। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन। हामी रोकिँदैनौँ।’

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उहाँले बताउनुभयो।भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उहाँले प्रस्ट्याउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुन्धान ब्युरो छ। विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ।

दलीय प्रभाव परेको हुन सक्छ। हामी कुनै प्रकारको दबाब दिँदैनौँ। ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकून्। समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।’अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उहाँले बताउनुभयो।

‘तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन्,’ उहाँले भन्नुभयो। सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी पनि उहाँले गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यहाँ किसानका नाममा पनि राजनीति भयो। किसानले मल पाउँदैनन् तर किसानको नेता देश-विदेश घुमिरहेको हुन्छ। मन्त्री-सांसद बनिरहेको हुन्छ। कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ। सहुलितको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ। अरु व्यवसाय गर्नेहरुका नाममा पनि राजनीति भयो। आफ्नो पेसा-व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ। भ्रष्टाचारको जड यहाँ पनि छ। यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ?’

यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उहाँले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो।

नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गर्नुभएको थियो। उहाँहरुले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रुपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

यदि कुनै दलले घोषित रुपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढ्छ भने जेनजीले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उहाँहरुले चेतावनी दिनुभयो।