७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रमः फर्च्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रमः फर्च्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै
अ+ अ-

काठमाडौँ । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ ।

‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।

आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा बढी सहभागी उपस्थित हुनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् । कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र संसारकै एक मात्र अवशिष्ट रामग्राम स्तुपामा केन्द्रित हुनेछ । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उहाँले बताउनु भयो । उहाँले नेपालको वर्तमान अवस्थाको सेफल्याण्डिङ लुम्बिनीबाट गरि उज्वल भविष्य निर्माण गर्ने, विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याण सम्बन्धी उच्च–स्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुनेछन् । यस्तै डिसेम्बर १२ मा रामग्राम स्तुपामा आयोजना हुने दीप प्रज्वलन समारोहमा हजारौँ दीप प्रज्वलित गर्दै विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ । विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि शुरु भएको हो । तेस्रो संस्करणमा २५ जना विश्व अर्बपति उपस्थिति हुने कारण नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा समेत व्यक्त गरिएको छ ।