७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

कार्तिकको वर्षातले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

कार्तिकको वर्षातले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने
अ+ अ-

काठमाडौँ । कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ ।

गत असोज १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ । त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी समेत रहनुभएका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो ।

न्युज एजेन्सीसँग कुरा गर्दै उहाँले यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको र त्यसमा पनि झापा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको बताउनु भयो । उहाँकाअनुसार सो विपद्ले मधेस, वागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पु¥याएको छ । समग्रमा करिव २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ ।

सूचना अधिकारी जोशीले भन्नुभयो, ‘यो कार्तिक महिनामा आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा करिव २ अर्ब ९१ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । यो कार्तिक महिनामा आएको अविरल वर्षाले पाक्नका लागि तयार भएको धानबालीलाई सबैभन्दा बढी क्षति पु¥याएको छ । त्यसपछि तरकारी, आलु, केराबारीमा यसले क्षति पु¥याएको देखिन्छ । यो क्षति विशेष गरेर कोशी प्रदेशमा बढी देखिएको छ । त्यसपश्चात मधेस, वागमती र गण्डकी प्रदेशमा क्षति भएको देखिन्छ । कोशी प्रदेशमा पनि विशेषगरी झापा जिल्लामा धानबालीमा बढी क्षति देखिन्छ भने समग्रतामा हेर्दा करिव २० हजार हेक्टर धानवालीमा यो वर्षाका कारण क्षति भएको देखिन्छ ।’

विपद्का कारण चालु आर्थिक वर्षमा करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ । विशेष गरेर मधेसमा तरकारीबालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको सूचना अधिकारी जोशीले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘यस वर्ष धानबालीको उत्पादन मधेसमा भएको सुख्खा, र यो अविरल वर्षाले पु¥याएको क्षतिका कारण करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घटने हामीले प्रारम्भिक अनुमान गरेका छौँ । त्यसैगरी तरकारीको उत्पादन पनि केही घटने अनुमान गरिएको छ । तरकारीको उत्पादन विशेष गरी मधेस प्रदेशमा घट्ने अनुमान गरिएको छ । जहाँ तरकारीबालीमा बढि क्षति भएको हामीले विवरण प्राप्त गरेका छौँ ।’

अध्ययनमा विपद्बाट हुने क्षति न्युनिकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ । मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घरघरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औँल्याएको छ ।
मन्त्रालयका सूचना अधिकारी जोशीले भन्नुभयो, ‘नेपाल सरकारले प्राथमिकता दिएको कृषि बीमा कार्यक्रमका कृषकहरु जोडिन आवश्यक देखिन्छ भने दातृ निकायहरुले पनि विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत तथा पुनस्र्थापनाको काम गर्न सकियो भने किसानका पीरमर्का सम्बोधन हुने सम्भावना देखिन्छ ।’

प्रतिवेदनमा राहत तथा पुनःस्थापनाका लागि कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएको छ । बीमामा जोडिन पनि कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ  । सूचना अधिकारी जोशीले दातृ निकायहरुले विपदमा परेका कृषकहरुलाई राहत दिनसके उनीहरुको पीडा सम्बोधन हुने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो । अध्ययनले कात्तिकको वर्षाले धानबालीमा मात्र २ अर्ब ६६ करोड ४१ लाखको नोक्शानी गरायो । देशभर २० हजार १.५२ हेक्टरमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भयो । यसले यस वर्षको धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

प्रदेशहरुमध्ये कोशी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको अध्ययनले देखाएको छ ।  त्यसपछि मधेशमा (२२ करोड ७६ लाख) र लुम्बिनीमा (१३ करोड ६८ लाख) बराबरको क्षति भएको अध्ययनले देखाएको छ । जिल्लातर्फ झापामा सबैभन्दा धेरै ८० करोड ७३ लाख, मोरङमा ५८ करोड ७८ लाख र सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको अध्ययनले देखाएको छ । धानबाहेक ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदे बालीमा २ करोड ४१ लाखको क्षति भएको छ । तरकारीको लागि पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगाएतका जिल्ला बढी प्रभावित भएको पाइएको छ ।