१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश विकासका लागि श्रमदान अपरिहार्यः हर्क साम्पाङ



अ+ अ-

धरान । देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।

धरान उपमहानगरका प्रमुख समेत रहनुभएका उहाँले आज धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भन्नुभयो, “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उहाँको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष राईले भन्नुभयो, “पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”