१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस



अ+ अ-

काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन् ।

प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् ।

पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।

विराटनगरको अर्काे खेल बुधबार लुम्बिनीसँग छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । रासस