२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।

सोमवार बसेको पार्टी केन्द्रिय समिति बैठकले १५ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो ।

लामो छलफलपछि आज सम्पन्न केन्द्रिय समिति बैठकले सर्वसम्मत रुपमा पार्टीको १५ औ महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ ।

प्रवक्ता महतले भन्नुभयो, ‘आजको केन्द्रिय समिति बैठकले लामो छलफल पछि नेपाली काँग्रेसको १५ औ महाधिवेशनको सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाली काँग्रेसको १५ महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते हुनेगरी देहाय बमोजिमको कार्यतालिका केन्द्रिय कार्य समितिमा पेश भयो । र त्यो सर्वसम्मतिबाट अनुमोदन भएको छ । यसमा हामीले मंसिर २० गते भित्रै क्रियाशील सदस्य, नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने । जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समितिहुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि २४ गते । र, पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्र, नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने ।’

‘त्यसपछि क्रियाशीय सदस्यताको प्रारम्भिक छानविन समिति गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रिय छानविन समितिमा क्रियाशील सदस्यता, नयाँ र नविकरण सम्बन्धि परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यता नयाँ र नविकरणको अन्तिम सुचि तयार गरी केन्द्रिय सभापतिलाई बुझाउने मिति पुस १४ गते । नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशिता, नयाँ युवा पुस्ता, अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था पनि यो निर्णयमा आएको छ । त्यसैगरेर विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने व्यवस्था भएको हुनाले पुस १५ गते भित्र विदेशस्थित जनसम्पर्क समितिको पनि अधिवेशन गरिसक्नुपर्ने निर्णय पनि यहाँ भएको छ । त्यस्ते गरेर केन्द्रिय महाधिवेशन मातहतको विभिन्न तहमा अधिवेशनको कार्यतालिका यस प्रकार छ । गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, प्रदेश अधिवेशन पुस २३ र २४ गते, केन्द्रिय महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने कार्यतालिका पारित भएको छ ।’

काँग्रेसले सो महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानविन समिति र केन्द्रिय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरुको गठन गर्ने पनि निर्णय गरिएको प्रवक्ता महतले बताउनु भयो ।