१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टो मुद्राको कारोबारमा संलग्न दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार काठमाडौँ महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरुले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरु उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

बिचौलियाको काम गर्ने तीन जना पक्राउ 

राहदानी बनाई दिने भन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर बस्ने १९ वर्षीय हेमन्तसिंह ओखेडा, काठमाडौँ महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ तथा प्यूठानको प्यूठान नगरपालिका बस्ने ३० वर्षीय दीपेश केएम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

राहदानी विभाग त्रिपुरेश्वरको मूलगेटबाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पु¥याउने कार्य गरेको पाइएकाले तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस