२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले दिएको सुझाव अनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्छ : नेम्वाङ्ग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीले दिएको सुझाव अनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने बताउनुभएको छ ।

सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्ति भन्दा पार्टी ठूलो र पार्टी भन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताउनुभयो । नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भए अनुसार पार्टीको सुझावलाई समेत मानेर अगाडि बढ्ने विश्वास आफुले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ मैले एउटैकुरा भन्ने गरेको छु व्यक्ति भन्दा पार्टी ठूलो हो पार्टी भन्दा देश र जनता ठूलो हो । फेरी हामीले यसो भनिरहदा आफ्नो काम गरिरहदा सबैकुरा संविधान बमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं । संविधानले राष्ट्रिय सभामा मनोनयनको यो पक्षलाई चाहिं सरकारको सिफारिसमा छोडेको छ । त्यसैले सचिवालयले अनुरोध गरेको भनेर लेखेको छ । बाहिर चर्चामा आएको छ । प्रधानमन्त्री ले पनि साथिभाइहरुको अनुरोधलाई मैले हेरिरहेको छु विचार गरिरहेको छु भन्नुभएको छ ।

उहाँले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभएपनि छ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्था अनुसार भइसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ती गर्ने विचार व्यक्त गर्नुभएको भएपनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजान अनुरोध गरेकोले प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिनुभएको उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली अहिले हस्पिटलमा हुनुभएकाले उहाँ पूर्णरुपमा स्वस्थ भएपछि छलफल गरेर सरकार निष्कर्शमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।