१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: देउवाले बोलाए वर्तमान र पूर्व पदाधिकारी बैठक, शेखर पनि जाने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पछिल्लो समयमा देखिएको महाधिवेशनको विवाद समाधान गर्ने प्रयासस्वरुप पार्टीको इतर पक्षका नेता डा शेखर कोइरालासहित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।

उनले आज आइतबार दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा सो बैठक आह्वान गरेका हुन् । सो बैठकमा पदाधिकारी नरहेका इतर समूहका नेता डा। शेखर कोइरालालाई पनि बोलाइएको समाचार स्रोतले बतायो । त्यसैगरी सो बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी नरहेका अरु वरिष्ठ नेताहरूलाई पनि बोलाइएको छ ।

सभापति देउवा जेनजी आन्दोलनमा आक्रमणमा परेपछि गएको असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि पार्टीका औपचाकि बैठकहरुमा सहभागी नभएका उनी पार्टीभित्र महाधिवेशनका बारेमा बढ्दो रहेको विवाद मिलाउन भने सक्रिय छन् । उनले विवाद झन् गहिरिँदै गएपछि पुनः सक्रियता देखाएका हुन् ।

सभापति देउवाले गएको बिहीबारदेखि विभिन्न नेताहरूसँग छुट्टाछुट्टैतथा सामूहिक रुपमा छलफल गरिरहेका छन् । आजको बैठकमा भने दुवै पक्षका नेताहरूलाई उनले बोलाएका हुन् । कांग्रेसमा संस्थापन पक्षका नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नेमा अड्डी कसेपछि विवाद कम हुन सकेको छैन ।

उता महामन्त्री गगन थापा निर्वाचन अगावै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने इतर पक्षका नेता डा कोइराला चुनाव अगावै महाधिवेशन गर्नुपर्ने तर विशेष नभएर नियमित भन्नेमा छन् ।

यसैबीच सभापति देउवा आगामी पुसको अन्तिम सम्ममा महधिवेशन गर्नुपर्नेमा सहमत भए पनि निर्वाचन अगाडि महाधिवेशन गर्नै हुन्न भन्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

यसकारण नेपाली कांग्रेसमा सहमति हुन सकिरहेको छैन । लामो समयसम्म यही विवाद कायम रहँदा पार्टी फुटको संघारमा पुगेको समेत बताउन थालिएकोछ ।