२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै



अ+ अ-

एजेन्सी । रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् ।

मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो । किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले भन्नुभयो,“विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका छन् र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाइरहेका छन् ।”

किएभका मेयर विताली क्लिच्कोले आक्रमणका क्रममा सबै नागरिकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गर्नुभएका थिए । उहाँका अनुसार राजधानीमा सात जना घाइते भएका छन्, जसमा चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये १३ वर्षे एक बालक पनि रहेको उहाँले जानकारी दिनुभयो ।

आक्रमणका कारण शहरका केही आवासीय क्षेत्रमा रहेका घर र सवारीसाधनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यही साताभर रातको समयमा भएका यस्तै प्रहारका कारण किएभका विभिन्न बस्ती क्षेत्रमा आगलागी भएको थियो । ती घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।