२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु



अ+ अ-

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आउनुभएको थियो । सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ ।