कमल रायमाझी. भैरहवा । कोरोना भाईरसका कारण नेपालको राष्ट्रिय गौरवको आयोजना मध्यको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा समेत समस्या देखिएको छ ।
चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको यो बिमानस्थल निर्माणका लागि प्राविधिक तथा बिशेषज्ञहरुको टोलि कोरोना भाईरसका कारण चिन वाट नेपाल आउन नपाएपछि निर्माण कार्य सुस्त गतिमा अगाडी बढेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

विमानस्थल निर्माणमा धानवमार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन निर्माण, टयाक्सी वे, सिसिटिभि, रेस्क्यु एण्ड फायर फाईटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन लगाएत ८८ प्रतिशत कार्य सम्पन्न गरिसकेको निर्माण कम्पनीले कन्बेयर बेल्ट तथा रन वे लाईट का प्राविधिक समानहरु समेत चिन बाट नेपाल ल्याउन नपाएपछि निर्माण कार्य केहि सुस्त भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो ।
उपकरण जडान तथा टर्मिनल भवनको फिनिसिङ कार्यका लागि प्राविधिकहरुको टोलि चिन वाट नेपाल आउन नपाएको तथा चिन बाट ल्याउनुपर्ने इलेक्ट्रोनिक समानहरु समेत उतै रोकिएकाले निर्माण कार्यमा सुस्तता आएको विमानस्थल आयोजना प्रमुख अधिकारीले भन्नुभयो ।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्वर ३१ मा कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोवल टेन्डर मार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो ।
जसले सन २०१७ डिसेम्वर सम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । तर निर्माण कम्पनीले मधेश आन्दोलन, भारतिय नाकावन्दी तथा आन्तरिक कारणहरु देखाउदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ ।
अव उसले सन २०२० मार्च ३१ सम्ममा निर्माणका सम्पन्न गर्नुपर्ने अन्तिम पटक म्याद थपेको छ । कोरोना भाईरसका कारण समेत यो अन्तिम पटक थपेको समयमा निर्माण कार्य पुरा गर्ने सुरसार भने नदेखिएको स्थानियहरु बताउछन् ।
एसियाली बिकास बैंक – एडिबी को क्रण सहयोगमा निर्माण भैरहेको यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमास्थल भन्दा ठुलो विमानस्थल हो । यस विमानस्थलको लगभग कुल ७ सय ८७ विघा क्षेत्रफलमा रहेको छ ।
बिक्रम सम्वत २०२३ साल देखि नियमित उडान गर्दै आएको गौतमबुद्ध विमानस्थलले अन्तराष्ट्रिय विमानहरुको उडान सुरु गरेपछि प्रदेश नम्बर ५ को आर्थिक समृद्धीमा समेत टेवा पुराउने देखिन्छ ।











