२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना भित्रको भ्रष्टाचार छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि…



अ+ अ-

काठमाडौं । नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ ।

बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गर्नुभएको हो । उहाँले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पुर्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो ‘माननियहरुले उठाउनुभएको विषयहरुको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु ।’

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताउनुभयो । उहाँले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेहि हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफुले नसुन्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ लोकतान्त्रीक प्रणालीमा पार्लामनेन्ट्री सिस्टममा मन्त्री संसदप्रति उत्तरदायि हुने प्रधानमन्त्री मन्त्री उत्तरदायि हुने संसदिय समिति भनेको मिनि पार्लामेन्ट हो । त्यसैले मन्त्री नआइकन छलफलको औचित्य छैन् र ब्रिफिङ पनि चिफले नगरीकन अन्यको त्यति महत्व राख्दैन् ।’ उहाँले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो की सेनाको गरिमा कायम राख्न खोजेको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं की नेपाली सेना बनाउन खोजेका छौं त्यो प्रश्न छ । सरकारले जवाफ दिनुपर्छ । सरकार नै छैन भने कसले जवाफ दिने । सचिवज्युको हैसियत होइन जवाफदिने । संसदलाई जवाफदिन सचिव को हैसियत पुग्दैन् । त्यो पोर्टोकलको पनि कुरा हुन्छ । त्यसकारणले सचिव जी को जवाफ म सुन्ने पक्षमा छैन् । बोलेर म बहिस्कार गरेर हिंडछु । ’ उहाँले नेपाली सेना भित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताउनुभयो ।

सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा पहिले सम्बन्धित विभागिय मन्त्रीज्यू र सेनाको प्रमुख वहाँहरुको उपस्थिति बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनि संसदको गरिमा यसको महत्व लाई बेवास्ता गरेको भन्ने मेरो बुझाई रहेको हुनाले म बोल्दीन भनेर बोलिरहनु भन्दा पनि यसलाई यसरी नै टुङ्ग्याउँ भन्ने पक्षमा छु ।’

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ । यस सम्बन्धमा पनि तपाइहरुको स्पस्टता चाहिन्छ । उच्च सैनिक अधिकृतहरुले आफुखुसी मनपरेको गणगुल्ममा रहि बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ । यो के हो ? यसको पनि सत्य तथ्य आउनुपर्छ । बढुवा गर्दा सैक्षिक योग्यताको कुरा पनि आएको छ । फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ । त्यहाँपनि भ्रस्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन् । ’

सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए । नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो । नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । सोही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।