१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टको ४९ औं प्राज्ञसभा सम्पन्न: १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गरिने



अ+ अ-

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औं प्राज्ञसभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो ।

सभाले प्रतिष्ठानको आ।व। २०८१र०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ। व। २०८२र०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ।

सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजार को वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ।

आ. व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याइएका विषयहरुमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गर्नुभएको थियो । प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा। डा। विजया पन्तले गर्नु भएको थियो ।

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

जस अनुसार २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्यूट अफ एलाइड साइन्सेस्का डा. वसन्त पन्तलाई, २ लाख राशीको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुबोध शर्मालाई, १ लाख राशीको विज्ञान पुरस्कार वातावरण केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका डा. रमेश राज पन्तलाई, १ लाख राशीको प्रविधि पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुदन झा लाई प्रदान गरिने भएको छ ।

७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनालाई क्रमशः अन्नपूर्ण अनुसन्धान केन्द्रकी डा. सुष्मा पाण्डे, पक्लिहवा कृषि क्याम्पसका डा. मुक्तिराम पौडेल, काठमाडौं रिसर्च इन्स्टिच्यूट फर बायोलोजिकल साइन्सेसका डा. सागर अर्याल, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डा. निरज दाहाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका श्री विपिन्द्र पाण्डे लाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयकी डा. सोनी बराललाई प्रदान गर्ने निर्णय भएको छ ।

५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार २ जनालाई क्रमशः नेपाल गणित समाज र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई प्रदान गर्ने निर्णय भएको छ ।

५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर मिडिया ग्रुपकी श्री कमला तामाङ (पाखिन) लाई प्रदान गर्ने निर्णय भएको छ ।

जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार २ जना क्रमशः जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयकी श्री सुजा महर्जन र सेन्ट जेभियस कलेजका श्री हरि अछामीलाई प्रदान गर्ने निर्णय भएको छ ।

१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार बैतडी (नार्कका पूर्व वरिष्ठ वैज्ञानिक) का डा. मदन राज भट्टलाई प्रदान गर्ने निर्णय भएको छ ।

२५ हजार राशीको मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार सौर्य विद्युत उत्पादक संघलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्रदान गर्ने निर्णय भएको छ ।

१ लाख राशीको हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ्ग पुरस्कार २ जना क्रमशः हुलास स्टिल इण्डष्ट्रिजका डा. छवि मिश्रा र नेपाल विद्युत प्राधिकरणका श्री विष्णु प्रसाद देवकोटालाई प्रदान गर्ने निर्णय भएको छ ।