१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने

सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने
अ अ+ अ-

काठमाडौं । सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालीरहनुभएका अर्थमन्त्री युवराज खतिपडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडी बढिरहेको बताउनुभयो । कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । लगानीका अवशर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

अर्थमन्त्री खतिवडालाई सेयर बजारले तपाईलाई नरुचाएको हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा खतिवडाले आफ्नो कार्यकालमा नै पूँजी बजारमा ठुलो नीतिगत सुधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मको पूँजीबजार हेर्दा विगत २ वर्षमा धेरै सुधार भएको छ । अर्थमन्त्रीको काम लगानी कर्तालाई अवशरसम्म पुर्याउने हो बाँकी उसको जिम्मा । लगानी कर्ताले कम्पनी वासलात, नाफा नोक्सान हेरेर गर्नुपर्छ । नीतिगत समस्या देखिएका छन् भनेर बसेर छलफल गर्न सकिन्छ ।’ अर्थमन्त्री खतिवडाले व्यक्तिको अनुहार भन्दा पनि कम्पनीको वासलात हेरेर लगानी गर्न सुझाव दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भइरसका भित्रिन नदिने गरी काम भइरहेको बताउनुभयो । मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उहाँले बताउनुभयो । विमानस्थलमा संस्कास्पद देखिएका व्यक्तिहरुलाई तुरुन्त उपचारका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उहाँले बताउनुभयो । सात वटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताउनुभयो । भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उहाँले बताउनुभयो । सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उहाँले बताउनुभयो । सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उहाँले औषधि आपूर्ति, भिडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो ।