६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दैनिक घट्दैछ चहलपहल

दैनिक घट्दैछ चहलपहल
अ+ अ-

कोरोनाको सन्त्रास

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्ने त्रासका कारण उपत्यकामा चहलपहल पातलिन थालेको छ । सरकारले भिडभाडमा नजान, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न सार्वजनिक अपिल गरिरहेका बेला मानिसको आवातजावतमा कमी देखिन थालेको हो । सधैँ भिडभाड हुने न्युरोड, असन, ठमेल लगायतका क्षेत्र सुनसान जस्तै बनेका छन् । विश्वभरि फैलिएको कोरोनाको प्रभावले गर्दा चहलपहल कम भएपछि त्यहाका व्यापारीहरू समेत अहिले फुर्सदिला बनेका छन् । ठमेल क्षेत्रमा अहिले कोरोना भाइरसको सन्त्रासले ८० प्रतिशतसम्म व्यापारमा कमी आएको व्यवासायीहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना निकाल्दै भीडभाडमा नजान अनुरोध पनि गरेको छ । ‘नेपाल सरकारले समेत संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत)का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी नहुन समेत सबैमा अनुरोध छ’, प्रशासनले निकालेको सूचनामा भनिएको छ । सरकारले यसअघि अत्यावश्यक कामबाहेक विदेश नजान, सकेसम्म घरमै बस्न, भिडभाडमा नआउन सुझाव दिईसकेको छ ।

जसका कारण मानिसहरूको चहलपहल घटेको हो । शैक्षिक सस्थाहरूलाई पनि सरकारले तत्कालै परीक्षा सञ्चालन गरेर विद्यालयहरूलाई छुट्टी दिन आग्रह गरेको छ । यद्यपि एसईईको परीक्षा भने निर्धारित समयमै हुने परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जानकारी दिएको छ । सरकारले कोरोनाको भाइरस नेपाल नभित्रियोस् भने सीमामा निगरानी बढाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि त्यसको तयारीमा जुट्ने निर्णय कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले गरेको छ ।

सिंहदबारमा बिहीबार बसेको बैठकले विमान कम्पनीलाई डिक्लेरेसन फाराम भर्न लगाउने, सीमा आवागमन घटाउने, थप स्वास्थ्य टोली परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहलाई आपूर्ति व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै निकासी नियन्त्रण गर्ने, लागत सहभागितामा मास्क उत्पादन गर्ने, क्रस बोर्डर बैठक बस्ने, सीमा नाकामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, संक्रमित मुलुकमा स्वास्थ्य चेतना बढाउने, क्वारेन्टाइन भवन कायम राख्नेलगायत निर्णय भएको रक्षा मन्त्रालयले जनाएको छ । छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

भारतले कोरोना भाइरस ‘कोभिड १९’ संक्रमण बढ्न सक्ने आँकलन गर्दै अत्यावश्यक औषधिको निर्यातमा भारतले लगाएको रोक फिर्ता गराउन नेपालले पहल पनि सुरु गरेको छ । नेपालले भारतसमक्ष अनौपचारिकरूपमा औषधिको आपूर्ति नरोक्न आग्रहसमेत गरिसकेको छ । नेपालको आग्रहको जवाफमा भारतले आवश्यक औषधिहरूको सूची माग गरेको मन्त्री पोखरेलले बताए । भारतले नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको बताउँदै उनले औषधिको अभाव नहुने प्रतिबद्धता जनाए । भारतले मंगलबार मात्र २६ वटा अत्यावश्यकीय औषधिहरूको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । जसमा पारासिटामोललगायतका अत्यावश्यक औषधि समेत छन् ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै २६ वटा औषधिमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि ती औषधिको निर्यात गर्नका लागि सरकारको इजाजत लिनुपर्ने भएको छ । भारतका तर्फबाट त्यस्तो निर्णय आएलगत्तै नै पुनर्विचार गर्न नेपालले पहल थालेको हो । स्रोतका अनुसार भारतसमक्ष निर्यात खुला गर्न अनौपचारिकरूपमा अनुरोध भइसकेको छ । नेपालबाट गरिएको त्यस्तो आग्रहलाई भारतीय विदेश मन्त्रालयले सकारात्मक लिएको बुझिएको छ । तर, सबै औषधिहरूको निर्यात भने खुला गर्न नसकिने बरू नेपालले अत्यावश्यक ठानेका सिटामोल लगायतका औषधिहरूमा भने पुनर्विचार गर्न सकिने जवाफ भारतले दिएको स्रोतको भनाइ छ ।

‘सबै औषधिहरू त खुल्ला गर्न नसकिने तर, नेपाललाई धेरै परिमाणमा नचाहिने भएकाले अत्यावश्यक औषधिहरूमा निर्यात खुल्ला गर्न भारत सकारात्मक देखिएको छ,’ स्रोतले भन्यो । तर, त्यसका लागि भारतको विदेश मन्त्रालयले निर्यात खुला गर्नुपर्ने औषधिहरूको परिणाम र सूची पठाउनसमेत आग्रह गरेको स्रोतले जनाएको छ । कोरोनाको संक्रमण फैलिन सक्ने आशंकाको फाइदा उठाउँदै व्यवासायीहरूले मास्कमा कालोबजारी गर्न थालेका छन् । कतिपय पसलले मास्कको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बेच्न थालेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी उत्पन्न संकट र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव बारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार अर्थमन्त्रालयमा एक उच्चस्तरीय टिमले अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा अध्ययन गर्न थालिसकेको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट समेत अध्ययन हुने उनले जानकारी दिए ।‘अहिले अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको लक्षणमात्र देखिन थालेको अवस्था हो,’ उनले भने, ‘अर्थ मन्त्रालयले यसबारे परेको आर्थिक असरबारे अध्ययन गर्न थालेको छ, राष्ट्रबैंकबाट पनि अध्ययन हुन्छ ।’ सौर्य दैनिक