७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सडकमा देखिएका जेन–जीभन्दा काँग्रेसका जेन–जी क्षमतावान छन्ः प्रतिमा गौतम

सडकमा देखिएका जेन–जीभन्दा काँग्रेसका जेन–जी क्षमतावान छन्ः प्रतिमा गौतम
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले हाल जेन–जीको नाममा मुभमेन्ट चलाउनेहरु भन्दा काँग्रेसमा भएका जेन–जीहरु धेरै क्षमतावान भएको बताउनुभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो ।

काँग्रेसको जेन–जी भनेको नेपाल विद्यार्थीसंगमा आवद्ध भएका २८ वर्ष मुनिका विद्यार्थी रहेको उहाँले बताउनु भयो । उहाँले हाल चर्चामा रहेका जेन–जीहरुमा राजनीतिक चेतना कमजोर भएको बताउनुहुँदै काँग्रेसमा भएका जेन–जीहरु धेरै काविल र क्षमतावान भएको दाबी गर्नुभयो । पार्टीभित्र जेन–जीको क्षमतलाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उहाँको भनाई छ । उहाँले पछिल्लो समय देशको परिस्थिति बदलिएकोले पार्टी र देश निर्माणको अभिभारा युवा विद्यार्थीमा आएको बताउनु भयो । उहाँले पार्टीमा पनि धेरै कुराहरु बदल्न बाँही रहको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२८ वर्ष मुनीका नेपाल विद्यार्थी संगबाट आवद्ध भएर तपाईहरुले स्वतन्त्र विद्यार्थी युनियनमा जित्नुभएको छ । खास कांग्रेसको जेन–जी  तपाईहरु नै हो । तपाईहरुमा ठूलो अभिभारा छ, तपाईहरु काविल हुनुहुन्छ । अहिले देखेका जेनजीहरु हेर्नुस् । अहिले एउटा बोल्छन्, एकछिनमा अर्को बोल्छन् । राजनितिक चेत अझै नभएको हुनाले, संगठित नभएको हुनाले धेरै कुरामा उनीहरुको कमजोरी छ । तर पार्टीभित्रका जेन–जी साथीहरु तपाईहरु क्षमतावान हुनुहुन्छ, काविल हुनुहुन्छ । तपाईहरुको यो काविलतालाई पार्टीले प्रयोग गरेर तपाईहरुलाई उत्साह प्रदान गर्नेछ । तपाईहरु पार्टीप्रति प्रतिवद्ध भएर लाग्नुभयो भने पार्टीले पनि तपाईहरुलाई अवसर दिनेछ । आज देखिएका जेन–जी भन्दा तपाईहरु कोही पनि कमी हुनुहुन्न ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सबै पुस्ता मिलेर देश निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले फागुन २१ गते हुने निर्वाचनमा पार्टी नयाँ धारणाकासाथ जनतामा जाने उल्लेख गर्नुहुँदै नेपाल विद्यार्थी संघ पनि वास्तविक जेन–जी आफूहरु भएको दाबी गर्दै निर्वाचनमा लाग्नुपर्ने बताउनु भयो ।