काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताउनुभएको हो ।
उहाँले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताउनु भयो । राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उहाँको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जेन जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो । अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छ । यो कुरा काँग्रेस एमालेले उठाएको छ ? यो कुरा नेपाली कम्युनिष्ट पार्टीले आज उठाएको छ, त्यसैले हामी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरेका हौँ ।’
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट अब संघीय समाजवादतर्फ अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।










