१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीप्रति नागरिकको आकर्षण बढ्दो छ, सुदूरपश्चिममा तिसौँ हजार उतार्छौंः माधव नेपाल



अ+ अ-

काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।

बिहीवार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनु भयो ।

शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ । पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौँ । धनगढीमा सुदूरपश्चिमका नेताहरु बसेर दशौँ, बिसौँ हजार भन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरुः तपाईंहरुको परीक्षा त्यहीँ हुन्छ । ’

सहसंयोजक नेपालले आफूहरुले जनताको मन र विश्वास जितेको बताउनु भयो ।