१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै
अ अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग–एनपीएलअन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन् । तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ । दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।

यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ । यो सिजन दुई खेलमा रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

सन्दीप लामिछाने सर्वाधिक विकेट टेकरको रुपमा शीर्ष स्थानमा छन् । उनले दुई खेल खेल्दा सात विकेट हात पारेका छन् ।

विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन । पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो । अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा छ ।

चितवन भने तालिकाको पाँचौं स्थानमा छ । पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको हो ।

दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा हुनेछ । विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ ।