८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिने, हिँडडुल गर्न र ठोस खाना खान सुरु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।

६९ वर्षीय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल दिइएको छ । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ । ‘यही गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौं,’ प्रधानामन्त्रीकी निजी चिकित्सक प्रा,डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको स्वास्थ्य स्थिति ठीक छ । स्थिर छ ।’ प्रधानमन्त्रीको शरीरले मिर्गौला प्रत्यारोपणपछिको शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको डा, शाहले बताइन् ।

प्रधानमन्त्री ओलीले शल्यक्रियापछि पहिलो पटक शुक्रबार चिकित्साकर्मीबाहेकका सँग फोनमा कुराकानीसमेत गरेका छन् । डा. शाहले नै आफ्नो फोनमा प्रधानमन्त्री र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच कुराकानी गराएकी थिइन् । करिब दुई मिनेटको कुराकानीमा प्रधानमन्त्रीले आफूलाई ठीक रहेको जानकारी दिँदै आफू छिट्टै काममा फर्किने बताएका थिए । अस्पतालमा भएको बिरामीको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीलाई हाल मोबाइल फोन दिइएको छैन । बिरामीले के गर्ने के नगर्ने प्रोटोकललाई प्रधानमन्त्री ओलीले समेत पालना गरिरहेको डा. शाहले बताइन् ।

करिब ३ महिनाअघि एपेन्डिसाइटिसको शल्यक्रिया हुँदा समेत प्रधानमन्त्रीलाई थप केही दिन आइसोलेसन सरहको स्थितिमा मनमोहन कार्डियोथोरासिक भास्कुलर र ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा राखिएको थियो । यसले उनमा सुधारको गति बढेको थियो ।

हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीलाई दुखाइनाशक औषधि बन्द गरिएको छ । प्रत्यारोपणको दिन बुधबार उच्च मात्रामा दिइएको दुखाइनाशक औषधिमा कमी ल्याउँदै तेस्रो दिन बन्द गरिएको हो ।

संक्रमण नियन्त्रण रणनीतिअन्तर्गत प्रधानमन्त्री ओलीलाई हालै बनाइएको परिष्कृत ‘लिभर ट्रान्सप्लान्ट’ आईसीयूमा राखिएको छ । मिर्गौला प्रत्यारोपण भएका बिरामीलाई ‘रेनल ट्रान्सप्लान्ट युनिट’ मा राख्ने गरिन्छ । ‘जबसम्म हाम्रा चिकित्सक विश्वस्त हुँदैनन्, तबसम्म प्रधानमन्त्रीलाई आईसीयूमै राखिन्छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भने, ‘यो आइसोलेसन जस्तै भएकाले अस्पतालजन्य संक्रमणको सम्भावना अत्यन्त न्यून छ ।’ अस्पतालले प्रधानमन्त्रीका सबै महत्त्वपूर्ण सूचक सामान्य अवस्थामा रहेको समेत जनाएको छ ।

एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको मिर्गौलाले पिसाब बनाउने मात्रासमेत अपेक्षित नै देखिएको छ । हाल प्रतिघण्टा २०० देखि २५० मिलिलिटर पिसाब बनिरहेको छ । उनको सामान्य अवस्थाको रक्तचाप माथि १५० र तल ६० देखि ८० रहने गरेको छ । उनको अक्सिजनको सेचुरेसन ९४र९५ प्रतिशत छ । करिब आठ महिनादेखि ओली मिर्गौलाको समस्यासम्बन्धी विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।