५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनु भयो ।

उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो । आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी थियो । प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताउनु भयो । उहाँले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ । हर मुलुकको आफ्नै परम्परा हुन्छ । मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुुन्छ । हिंसाले मानसिक चोट ल्याउँछ । मानसिक चोट भएपछि मान्छेलाई डिप्रेशन हुन्छ । महिलामाथि प्रताडन गर्दागर्दा उसको डिप्रेशन जस्तो नै आएको हुन्छ । एक दिन उसले लोग्नेलाई नै सिध्याइदिन्छ । जसले डिप्रेशन गरेको थियो । चाहे प्रेमी होस्, चाहे श्रीमान होस् । उसैलाई सिध्याउँछ । त्यसको कारक तत्व मर्ने मान्छे आफैँ हुन्छ । जसले त्यो महिलालाई सताईराखेको हुन्छ । त्यस्ता व्यवहारहरु हुन्छ हाम्रो समाजमा । यसको अन्त्य गर्नुपर्छ । मुख्यकुरा छोराछोरीबीच भेदभाव गर्नु भएन । अहिले मानिसहरुको दुई वटा छोराछोरी हुन्छन् वा एउटा । भेदभाव गर्नु भएन । गरिवी छ के को भेदभाव । त्यसैले पहिले गरिवी निवारण गर्नुपर्यो नि त । शिक्षा पनि दिनु पर्यो । समाजमा चेतना पनि ल्याइदिनुपर्यो । रोजगारी सृष्टि गर्नुपर्यो । हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरु प्रताडित हुनु । हिंसाको शिकार हुनु ।

अहिलेको जेन—जीको मोभमेन्टले त्यही त भनेको हो नि । सारा मानिसहरु रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेको छ । हो त्यसको अन्त्य गर्नुपर्यो । मुलुकमा त्यसको लागि गर्ने उनीहरुको माग के हो भन्दा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारले पनि मानिस प्रताडित हुन्छ । सुशासन हुनुप¥यो । त्यसले महिलाहरुलाई राम्रो गर्छ । महिलाहरुले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्र्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन ।

जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुिक्त हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छौँ  । अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं । यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँनि महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’ 

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिवी निवारण र समाजलाई जगाउने कुरालाई निनन्तर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।