१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् ।

ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ । यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुको मागहरु सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरुले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरुलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’

उपयुक्त समयमा जेन–जी प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग भेट गराउने उहाँको भनाइ छ ।