२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयोः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गर्नुभएको छ ।

सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गर्नुभयो । पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिव १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत दोहो¥याउनु भयो । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाई थियो ।

उहाँले भन्नुभयो,‘अब यसमा उहाँले भन्नुभयो छ यो कन्ट्रयाकमा ४३ करोड डिफरेन्समा दिनुभयो । ६ रुपैयाँ ७४ पैसामा नकिनेर ६ रुपैयाँ ९५ पैसामा किनेर ४३ करोड घाटा गर्नुभयो उहाँहरुले भनेर त्यसमा ठूलो चलखेल भयो भनेर कहाँ  कहाँबाट बाहिर आयो । लेख्नुभयो । पहिलो कुरा अघि उहाँले भनिसक्नु भयो । यो कन्ट्रयाक गरेर विद्युत प्राधिकरणले अहिले ८ रुपैयाँ १० पैसामा किन्नुपर्ने बाध्यतात्मक स्थिति थियो । पिइसी कन्ट्रयाकमा बिहार र युपीबाट । यदि यो कन्ट्रयाक नगरेको भए । त्यो भएको हुनाले हामीले एक अर्ब २० करोेड रुपैयाँ बचाएका छौँ । त्यो त हामीले बाध्यात्मक रुपमा लिनैपर्छ । नत्र लोडसेडिङ गर्नुपर्ने पनि हुन सक्छ । त्यो भएको हुनाले त्यो पिइसीको ८ रुपैया १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेट १ रुपैयाँ १५ पैसा हामीलाई नाफा छ । करिव १ अर्व २० करोड हामीलाई फाईदा छ । अर्को ७ रुपैयाँ ७० पैसाको जुन कोड गरेको थियो एमविविएनले । त्यसबाट हेर्दा हामीलाई ७५ करोड फाईदा छ । अर्को पनि एउटा मेकानिज्म छ । हरेक दिन हामीले ट्रडिङबाट लिन्छौं । ३ वटा मार्केटबाट हामी पावर लिन्छौं । डे अहेड मार्केट । भोलीको रातको १२ बजेसम्मको हामीले आज १० बजे बिड गर्छौ । त्यो अटोमेटिक रेट हुन्छ । हामीले किन्नुपर्छ ।’

मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताउनु भयो । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।