५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

अपडेटः सुर्खेतको काँक्रेविहार जंगलमा मृत फेला परेका युवायुवतीको पहिचान खुल्यो

अपडेटः सुर्खेतको काँक्रेविहार जंगलमा मृत फेला परेका युवायुवतीको पहिचान खुल्यो
अ+ अ-

सुर्खेत। सुर्खेतको काँक्रेविहार जंगलमा सोमबार बिहान मृत अवस्थामा फेला परेका युवायुवतीको परिचय खुलेको छ।

मृतक युवती वीरेन्द्रनगर–१०, खजुरा निवासी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ निवासी १८ वर्षीय नरेश खत्री रहेको प्रहरीको जनाएको छ।

वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार नजिकै सोमबार बिहान करिब ११ः३० बजे उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए। घाँस काट्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै पुगेर दुवैको सनाखत गरेका छन्।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।