काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दे शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ।
‘राजसंस्था पुनर्स्थापना गर, भ्रष्टाचारमुक्त समाज बनाऊ’ भन्ने नारासहित प्रदर्शनमा सहभागीहरूले काठमाडौंको सामाखुसी क्षेत्रबाट र्याली सुरु गरेका थिए।
कोणसभामा सहभागीहरूले मुलुकलाई निकास दिन राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।
अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने उनीहरूको भनाइ छ ।
अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमश: कमजोर बन्दै गएकाले राजसंस्था पुन: स्थापना हुनुपर्ने उनीहरूको भनाइ छ ।














