२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भनेको श्रृंगारको वस्तु होईन : रेखा थापा



अ+ अ-

काठमाडौं । चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारकोलागि आफैं लड्नुपर्ने बताईन् । उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् । हामीले उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन् ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् ।

उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘महिला भनेको श्रृंगारको वस्तु होईन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिईन्छ । म भन्छु अब महिला बन्नको लागि होईन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह-अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उनले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् ।

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताईन् । उनले भनिन्,‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’ उनले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभुति हुनुपर्ने पनि बताईन् । उनले आजैबाट पटक–पटक नारी दिवस नमनाउन र छोरी भएर बाँच्नुपर्ने डर अन्त्य गर्नसमेत आग्रह गरिन् । ‘आफ्नो क्षमताको विकास गरौं, आफैं लड्नु्पर्छ ।’