२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै



अ+ अ-

बारा । ‘जेनजी’ अगुवा र जिल्ला प्रशासन कार्यालय बाराबीच यहाँ वार्ता सुरु भएको छ ।

सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा वार्ता सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा ९एमाले० कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । ‘जेनजी’ युवाले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाएको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको छ भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन् । उहाँहरू वार्तामा सहभागी भएपछि थप निष्कर्षमा पुगिने जनाइएको छ ।