५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक पृष्ठभूमिका श्रेष्ठलाई एमाले भोलेन्टियर्स फोर्सको कमान्ड



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डको जिम्मेवारी दिएको छ ।

शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा सात वटा फौजदारी मुद्दा खेपेका ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी दिएको हो ।

सिन्धुली घर भएका श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।

प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको पाईएको छ ।

पछिल्लो पटक श्रेष्ठ २६ भदौ २०७५ मा पक्राउ परेका थिए । ठेकदारलाई ज्यान मार्ने धम्की दिएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । त्यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए ।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादीमा प्रवेश गरेका उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भएका थिए । पछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए । नेकपा विभाजन भएपछि उनी एमालेमा छन् ।




भर्खरै