१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ ।

फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।