२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच आपसी विश्वास, मित्रता र सहयोगका आधारमा सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो ।

सन् २०२५ अप्रिलमा युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानले गर्नुभएको नेपालको भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्नुहुँदै राजदूत शम्सीले यस्ता भ्रमणले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले रमजान महिनाका अवसरमा यस वर्ष युएई सरकारले २८६ नेपाली नागरिकलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराइएकामा युएई सरकारलाई धन्यवाद दिनुभयो ।

सूचना प्रविधि, इञ्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपाल र युएईबीच आर्थिक सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानीका क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताउनुभयो । नेपालले लगानीका लागि कानुनी तथा संस्थागत तयारी पूरा गरेको र प्राथमिक क्षेत्रमा विदेशी लगानीलाई स्वागत गर्ने उहाँको भनाइ थियो ।

भेटमा राजदूत शम्सीले नेपाल र नेपालीप्रति युएईको आत्मीयता रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय मञ्चमा युएईलाई नेपालले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

“युएई नेपाली श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र खोल्न तयार छ”, राजदूत शम्सीले भन्नुभयो, “युएई ऊर्जा, प्रविधिलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक छ ।” रासस




भर्खरै