१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी नेपाल कम्प्याक्टमा अमेरिकाबाट थप ५० मिलियन डलर अनुदान



अ+ अ-

काठमाडौं। नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच गरिएको एमसीसी नेपाल कम्प्याक्टमा अमेरिकाले अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने घोषणा गरेको छ।

यससँगै परियोजनाअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। सो मध्ये अमेरिकाको कुल योगदान ५५ करोड डलर तथा नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ।

अतिरिक्त प्राप्त स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण लाइनहरू निर्माणसँगै नेपालको ऊर्जा प्रणाली सुदृढीकरण तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा टेवा पुर्‍याउने एमसीसीका मुख्य उद्देश्यहरू पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। ऊर्जा ग्रिडको विश्वसनीयता, अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटी र बजार पहुँच सुधारमार्फत अमेरिकी उत्कृष्ट प्रविधि तथा असल कार्यप्रणालीलाई प्रवर्द्धन गर्ने अवसर पनि यसले बढाउनेछ।

यसबाहेक, परियोजनाले अमेरिकी प्रविधि तथा कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने सम्भावनासमेत विस्तार गर्नेछ। एमसीसी कम्प्याक्टका माध्यमबाट प्राप्त यो आर्थिक सहयोगले अमेरिका–नेपालबीचको दीर्घकालीन साझेदारी, ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र पारस्परिक समृद्धिलाई मजबुत बनाउँदै आएको सम्बन्धलाई थप सुदृढ पार्ने बताइएको छ।