काठमाडौँ । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई आजदेखि लागु हुने गरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।
उहाँको सपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।










