१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैनः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगमी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएको छ ।

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भईरहेका बेला उहाँले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताउनुभएको हो ।

सोमवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेन–जी आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको समेत दोहो¥याउनु भयो ।

मन्त्री सिन्हाले भन्नुभयो,‘जेन–जीको एउटा घटनाक्रम आयो । त्यो परिस्थितिले गर्दा ट्रयाकबाट संवैधानिक प्रक्रियाहरु डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ । हामीले अहिलेसम्म  देखेको भनेको चुनाव नै देखेका छौ । चुनावको माध्यामबाट पुनः यसलाई ट्रयाकमा पठाएर हामीहरुले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ । त्यो काम हुँदाहुँदै पहिलादेखि चलिआएका कतिपय विषयहरु छन । जस गति नलिएको अवस्थाहरु छन । २०५२÷५३ सालदेखिका एउटा दलित सम्बन्धि कानून अझै निर्माण हुन सकेको छैन । त्यसको निर्माणमा हामीले ध्यान दिन्छौँ ।’

मन्त्री सिन्हाले मुलकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाई  नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तर्क गर्नुभयो । त्यस अवसरमा उहाँले दलित सम्बन्धि कानून निर्माणमा पनि आफूले उचित ध्यान दिने आश्वासन दिनुभयो ।