२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैनः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगमी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएको छ ।

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भईरहेका बेला उहाँले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताउनुभएको हो ।

सोमवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेन–जी आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको समेत दोहो¥याउनु भयो ।

मन्त्री सिन्हाले भन्नुभयो,‘जेन–जीको एउटा घटनाक्रम आयो । त्यो परिस्थितिले गर्दा ट्रयाकबाट संवैधानिक प्रक्रियाहरु डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ । हामीले अहिलेसम्म  देखेको भनेको चुनाव नै देखेका छौ । चुनावको माध्यामबाट पुनः यसलाई ट्रयाकमा पठाएर हामीहरुले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ । त्यो काम हुँदाहुँदै पहिलादेखि चलिआएका कतिपय विषयहरु छन । जस गति नलिएको अवस्थाहरु छन । २०५२÷५३ सालदेखिका एउटा दलित सम्बन्धि कानून अझै निर्माण हुन सकेको छैन । त्यसको निर्माणमा हामीले ध्यान दिन्छौँ ।’

मन्त्री सिन्हाले मुलकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाई  नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तर्क गर्नुभयो । त्यस अवसरमा उहाँले दलित सम्बन्धि कानून निर्माणमा पनि आफूले उचित ध्यान दिने आश्वासन दिनुभयो ।