२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से करिव १० अंकले बढ्यो, करोबार कति ?



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमवार करिब १० अंकले बढेको छ ।

आज नेप्से ९.७८ अंकले बढेर परिसूचक २५५०.३६ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ६३५ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये निर्जीवन बीमा र अन्य समूह बाहेक सबै समूह बढेको छ ।

विकास बैंक समूहमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।