काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमवार करिब १० अंकले बढेको छ ।
आज नेप्से ९.७८ अंकले बढेर परिसूचक २५५०.३६ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ६३५ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये निर्जीवन बीमा र अन्य समूह बाहेक सबै समूह बढेको छ ।
विकास बैंक समूहमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।










