७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

जेन–जी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछः अध्यक्ष ढकाल

जेन–जी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछः अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले सुशासन, भ्रष्टाचारको,  ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताउनु भयो । सरकारले निजी क्षेत्रको सम्पतीको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उहाँको भनाइ छ ।

महासंघ अध्यक्ष ढकालले भन्नुभयो–‘जेन–जीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको,  ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ ।  गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा  ल्याउनुपर्छ । तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुनेछ  ।

आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसावले भएको थियो त्यसमा गलत तत्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग व्यवसायहरु, व्यक्तिगत सम्पत्ति, घर लगायत क्षति  भयो । यो गलत छ । सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा आउने दिनमा यस्ता किसिमका  घुसपेठहरु हुनेछन् । व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । त्यसै गरेर म यहाँ के भन्न चाहन्छु भने वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपेठको कारणबाट भएको तोडफोड आगजनी र  नोक्सानी भयो र व्यवसायीहरुलाई जुन एउटा सहुलियत दिनको लागि अर्थमन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावबारी छ ।’

अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उहाँले प्रशंसा समेत गर्नुभयो ।  ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गर्नुभयो । उहाँकाअनुसार  ११ खरब भन्दा बढी  बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरुको लागत बढेको छ । उहाँले धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आइपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाउनु भयो  । उहाँले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।