काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट त्रि. वि. कीर्तिपुर क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापेट तथा फ्लडलाईट नेपाल क्रिकेट सङ्घलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण गर्नुभयो । यो सँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ ९एनपीएल० क्रिकेटका लागि रंगशालाको तयार भएको छ ।
३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।















